काठमाडौँ। विद्युतीय स्कुटर निर्माता एथर नेपालले कर्णाली प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै सुर्खेतमा नवौँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज ५ गते वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
नेपालमा एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले सञ्चालनमा ल्याएको नयाँ एक्सपिरियन्स सेन्टरमार्फत सुर्खेत तथा कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, आधुनिक प्रविधि र ग्राहककेन्द्रित सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
नयाँ सेन्टरमा ग्राहकले एथरका विभिन्न मोडल, विशेषगरी एथर ४५० सिरिज र एथर रिज्टा सिरिजबारे जानकारी लिनुका साथै उत्पादन प्रदर्शन तथा टेस्ट राइडको सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ।
अत्याधुनिक प्रविधिसहित एथरका स्कुटर
एथर ४५० सिरिजमा प्रदर्शन क्षमता र दैनिक प्रयोगलाई जोड दिँदै म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज तथा भ्वाइस इन्टर्याक्सनजस्ता सुविधा समावेश गरिएको छ। म्याजिक ट्विस्टले एक्सेलेरेटर ग्रिपमार्फत स्कुटरको गति घटाउन सहयोग गर्छ भने इन्फिनिटी क्रुजले लामो दूरीको यात्रामा निर्धारित गति कायम राख्न मद्दत गर्छ।
त्यस्तै, एथर रिज्टा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको विद्युतीय स्कुटर हो। लामो सिट र थप कम्फर्टसहितको रिज्टाले दैनिक पारिवारिक यात्राका लागि सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
सेवा तथा चार्जिङ नेटवर्क विस्तार
एथर नेपालले ग्राहकको स्वामित्व अनुभव सहज बनाउन देशभर सेवा तथा चार्जिङ इकोसिस्टम विस्तार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार हाल १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन्।
एथरको Eight70 ब्याट्री वारेन्टीअन्तर्गत लागू हुने सर्तअनुसार ब्याट्रीमा ५ वर्ष वा १ लाख किलोमिटरसम्म, जुन पहिले आउँछ, सो अवधिसम्म वारेन्टी उपलब्ध हुनेछ। ब्याट्रीको स्वास्थ्य ७० प्रतिशतभन्दा कम भएको अवस्थामा लागू सर्तअनुसार ब्याट्री प्रतिस्थापनसम्बन्धी सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
असोज ११ सम्म विशेष ओपनिङ अफर
सुर्खेतमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनको अवसरमा एथर नेपालले असोज ११ गतेसम्म सीमित अवधिका लागि विशेष ओपनिङ स्किम ल्याएको छ।
कम्पनीका अनुसार ग्राहकले निम्न सुविधा प्राप्त गर्न सक्नेछन्:
Cash Purchase: Eight70 ब्याट्री वारेन्टी
Financing: ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ
Exchange: एक्सचेन्जमा थप ८ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन
उक्त योजना सीमित अवधिका लागि मात्र लागू हुने र सम्बन्धित नियम तथा सर्तअनुसार उपलब्ध हुने कम्पनीले स्पष्ट पारेको छ।
वैद्य इनर्जी प्रालिले सुर्खेतमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याउनु कर्णाली क्षेत्रमा एथरको उपस्थिति बलियो बनाउने महत्वपूर्ण कदम भएको जनाएको छ। नयाँ सेन्टरमार्फत स्थानीय ग्राहकलाई एथरका उत्पादन, टेस्ट राइड, सर्भिस तथा स्वामित्व सहयोग प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ।