नेपालको रसुवास्थित भोटेकोशीमा दुई हप्ताअघि आएको अकल्पनीय र विनाशकारी बाढीपीडितलाई सहयोग पु¥याउन दुबईमा बस चलाउने एक नेपाली महिलाले गरेको योगदान चर्चाको विषय बनेको छ ।
दुबईमा बस चालकको काम गर्दै आएकी ४३ वर्षीया शान्ति कुमारी भण्डारीले लामो समयदेखि प्रतीक्षा गरेको दशैं र तिहारमा स्वदेश फर्किने योजना त्यागेर त्यसबाट बचत भएको हवाई भाडाको रकम नेपालका बाढीपीडितलाई दिने निर्णय गरेकी हुन् । उनको यो निर्णय अहिले चर्चाको विषय बनेको हो ।
उनले सन् २०२१ देखि युएईमा डबल डेकर पर्यटक बस चालकका रूपमा काम गरिरहेकी छन् ।
उनले बाढीबाट भएको विनाशबारे भिडियो र अपडेटहरू हेरेपछि आफ्नो यात्राका लागि बचत गरेको पैसा बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको बताएकी छन् ।