बाढी क्षतिपछिको बीमा दाबी भुक्तानी सहजीकरण गरिने

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भएको क्षतिपछिको बीमा दाबी भुक्तानी द्रुत बनाउन कार्यविधिमा व्यापक सहजीकरण गरिने बताइएको छ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्ले सहित नेपाल बीमा प्राधिकरण, विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र सर्भेयर संघका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यी ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय गरेको हो।
साथै, द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियामा अल्झिएर भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्दै साना दाबीहरूका लागि द्रुत भुक्तानी प्रणाली अपनाइने निर्णय पनि भएको छ ।

बैठकले जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *