सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यहि फाल्गुनको २६, २७ र २८ गते नेपालभर रहेका सिप्रदी तथा टाटा शोरुमहरुमा “The Electrifying Exchange” विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ ।
ग्राहकहरुका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।
चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा नि:शुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाईनेछ ।
अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन् र यहि मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसंग टाटामोटर्सका नयाँ तथा अत्याधुनिक ईभिसंग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिनेछ ।
यो सुविधा सिमित अवधिका लागि फाल्गुन २८ गतेसम्म टाटामोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ ।