नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनद्धारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न

नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनद्धारा आज ललितपुरस्थित एकान्तकुनामा आयोजीत आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Lions Club of Kathmandu Subha Aarambha को सहकार्यमा आयोजित कार्यक्रममा भोटेकोशी बाढीको दुःखद समयमा बिरामी तथा घाइतेहरुको सहयोगार्थका लागि एसोसियसनले सम्पुर्ण अटोमोटिभ व्वयसायी तथा सहयोगी महानुभावहरुलाई रक्तदान गर्न आहवान गरेको थियो ।


रक्तदान कार्यक्रममा करिब ५० जना भन्दा बढिले रक्तदान गरेका थिए ।

त्यसैगरी नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षेतिप्रति गहिरो दुःख एवं सम्पुर्ण पीडितप्रति हार्दिक समाबेदना पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *