नेपालका लागि वुलिङको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले वुलिङ मिनीईभी लन्च गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा कम्पनीले सेगमेन्टकै कम मूल्यको ईभीको रुपमा मिनीईभी सार्वजनिक गरेको हो ।
वुलिङ मिनीईभी पाँचौ पुस्ताको फोर डोर फोर सिटर गाडी हो । मिनीईभी स्ट्यान्डर्ड र लङ रेन्ज गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसमा क्रमशः १६.२ र २५.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ । यसले सिंगल चार्जमा क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङको सहायताले ३५ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा स्ट्यान्डर्ड, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोड रहेका छन् ।
वुलिङ मिनीईभी एउटा चारढोका भएको आकर्षक कम्युटर कार हो । कम्पनीले यसलाई ‘फोर–डोर प्लेफुल कम्युटर कार’ भनेको छ । नयाँ र मनोरञ्जनयुक्त भएकाले यसलाई कम्पनीले ‘न्यु फोर–डोर, प्ले विथ फन’ भनेको छ ।
अगाडिको फ्रन्ट फेसिया हेर्दा नै ‘स्माइलिङ’ लाग्छ भने यसमा भएका ‘जोयफुल राउन्ड स्टार–रिङ’ एलईडी फ्रन्ट र रियर हेडलाइट यसको अर्को आकर्षण हुन् । चौडा भागमा पुरै फैलिएका क्रोम ब्राइट स्ट्रिप, ‘राउन्ड एन्ड क्युट’ रियरभ्यु मिरर, ‘सनफ्लावर डिम्पल’ फ्रन्ट फेसिया डेकोर, ‘फोर–लिफ क्लोभर’ ह्विल कभर र सहजै चिनिने ‘मिनीईभी’ लेखिएको एक्सक्लुसिभ नेमप्लेटले यसको पहिचान नै फरक बनाएको छ ।
मिनीईभीको क्याबिन सबैतिर हेर्दा ‘जोयफुल रिङ’ जस्तो लाग्छ । सबै कुरा यसको राउन्डनेसमा पाइने अनुभव हुन्छ । यो एउटा क्याबिन मात्र नभएर फनको सम्मिश्रण लाग्छ । फोर–डोरका साथ फोर–सिटर क्याबिन स्पेस, बेस्ट–इन–क्लास कोलम सिफ्टर डिजाइन, बेस्ट–इन–क्लास इन्फोटेनमेन्ट एक्सपेरियन्स लगायतका फिचर यसमा पाउन सकिन्छ ।
पार्क गर्न, युटर्न गर्न र फ्लेक्जिबल नेभिगेसनका लागि यसमा एजाइल बडी उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३२६८ एमएम, १५२० एमएम र १५७५ एमएम छ । यसको ह्विलबेस २१९० एमएम छ भने टर्निङ रेडियस ४.५ मिटर छ । साँघुरो स्थानमा समेत पार्किङ गर्न र मोड्न सकिन्छ भने साँघुरो सडकमा गुडाउन सकिन्छ । यसमा एक्सक्लुसिभ स्मार्टफोन स्लट, कप होल्डर, ट्रंक स्टोरेज ग्रुभ लगायतका २० क्याबिन स्टोरेस स्पेस छ । यसको पछिल्लो भागमा १७० लिटरको स्टोरेज स्पेस उपलब्ध छ भने यसलाई बढाएर ८३८ लिटर सम्म बनाउन सकिन्छ । यसको टेलगेट सिल हाइट समेत बेस्ट–इन–क्लास ७५५ एमएम छ, जसले गर्दा सामानहरु राख्न सहज हुन्छ ।
यसमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिनका साथै कन्ट्रोल सेन्टर, स्मार्ट एसी, चार्जिङ तथा स्मार्टफोन–भेइकल कनेक्टिभिटी लगायतका फिचर छन् । यसमा न्याप मोड, रेन र स्नो मोड, क्याम्पिङ मोड र पेट मोड लगायतका फिचर रहेका छन् । सुरक्षाका लागि यसमा एबीएस, ईबीडी, टीसीएस, भीडीसी, अटोहोल्ड, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायतका विभिन्न फिचर रहेका छन् ।
मिनीईभी स्ट्यान्डर्डको मूल्य २० लाख ९९ हजार र लङ रेन्जको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर नाइमा विशेष अफरको रुपमा यसको मूल्य क्रमशः १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँ मात्र निर्धारण गरिएको छ ।