कास्की ट्राफिकलाई सचेतनामूलक सामग्री हस्तान्तरण

२०८३ श्रावण ११ गते ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण जयन्तीको अवसरमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन, पोखराको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई नाडाबाट प्राप्त ट्राफिक सचेतनामूलक सामग्री हस्तान्तरण गरिएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ५०औँ स्वर्ण उत्सवको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सामग्री हस्तान्तरण तथा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम अध्यक्ष दिपेन्द्र कोईरालाको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष, संस्थाका पूर्व अध्यक्ष शिव श्रेष्ठ, सचिव विनय थापा, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, ट्राफिक प्रहरीका प्रतिनिधिहरू, अटोमोबाइल व्यवसायी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गर्नुका साथै सुरक्षित, व्यवस्थित र जिम्मेवार सडक संस्कृतिको विकासका लागि ट्राफिक प्रहरी र अटोमोबाइल क्षेत्रबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा फलदायी छलफल गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *