भिडाले गर्‍यो नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक

भारतीय दुईपाँग्रे उत्पादक भिडाले नयाँ इलेक्ट्रीक स्कुटर लन्च गरेको छ । कम्पनीले भारतीय बजारमा भीएक्सटु सिरिज अन्तर्गत नयाँ भिडा भीएक्सटु प्लस स्कुटर बिक्री सुरु गरेको हो ।

कम्पनीले भीएक्सटु प्लसको मूल्य १ लाख ४३ हजार ९९९ भारु (एक्स शोरुम) तोकेको छ । नयाँ र उत्कृष्ट क्षमताको भीएक्सटु प्लसले व्यावहारिक पक्षमा कुनै सम्झौता नगरी लामो दूरीको यात्रा क्षमता प्रदान गर्छ।

नयाँ भीएक्सटू प्लस उत्कृष्ट रेन्जसहित बजारमा आएको हो । यसमा २.२ किलोवाट आवरमा २ वटा (कुल ४.४ किलोवाट आवर) निकाल्न मिल्ने लिथियमआयन ब्याट्री प्याक प्रयोग गरिएको छ । जसले एकपटकको फुलचार्जमा १८७ किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । यो स्कुटर भारतमा उपलब्ध सबैभन्दा बढी रेन्ज दिने स्कुटर समेत रहेका कम्पनीको दाबी छ ।

यसमा ६ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले अधिकतम २६ न्युटन मिटरको टर्क प्रदान गर्छ । यसको टप स्पीड क्षमता ९० किलोमिटररप्रतिघण्टा रहेका छ ।

यसमा इको, राइड र स्पोर्ट मोडसँगै ‘बुस्ट फङ्सन’ छ । जसले ओभरटेक गर्दा थप गति प्रदान गर्दछ। भिडाले भीएक्सटु प्लसमा उद्योगकै पहिलो १ किलोवाटको पोर्टेबल चार्जर उपलब्ध गराएको छ, जसले ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३ घण्टा ३० मिनेट लगाउँछ । यो स्कुटरले डीसी फास्ट चार्जर पनि सपोर्ट गर्छ । जसबाट ६५ मिनेटमै यो स्कुटर फुलचार्ज गर्न सकिन्छ ।

यसमा ४.३ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, ओभर द एयर सफ्टवेयर अपडेट, सीबीएस लगायत फिचर छन् । यसको सिट मुनि २७.२ लिटरको स्टोरेज क्षमता छ ।भीएक्सटु प्लसले १२ हजार १११ किलोमिटर यात्रा पूरा गर्दै ‘एसिया बुक अफ रेकड्र्स’मा सबैभन्दा लामो यात्राको रेकर्ड बनाएको छ ।

भिडा ब्राण्ड चाँडै नेपाली बजारमा समेत आउँदै छ । सीजी मोटर्सले आगामी अटो शोमा भिडाको स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले कस्तो मोडेलको स्कुटर ल्याउने बारे भन्ने यकिन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *