प्रिमियम फिचरसहित आउँदै सिरोस ईभी

कोरियन अटोमोबाइल कम्पनीले कियाले आफ्नो नयाँ एसयूभी ‘सिरोस ईभी’ बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीले आधिकारिक रूपमा लन्च गर्नु अघि सिरोस ईभीको लुक्स र फिचरहरू बाहिरिएका छन् । कम्पनीले चाँडै बजारमा ल्याउने सिरोस ईभी भारतको बेंगलुरुमा विज्ञापन सुटिङका क्रममा देखिएको हो ।

किया इन्डियाले २५ भारु टोकन रकम लिएर सिरोस ईभीको अनौपचारिक बुकिङ समेत सुरू गरिसकेको डिलर स्रोतहरूले बताएका छन्। । आधिकारिक मिति घोषणा नभए पनि यो ईभी यसै महिनाको अन्त्यसम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ।

सिरोस कियाको पोर्टफोलियोमा पेट्रोलरडिजेलबाट ईभीमा रुपान्तरण गरेको यो दोस्रो मोडल हो । किया सिरोस ईभी धेरै हदसम्म यसको पेट्रोलरडिजेल संस्करण जस्तै देखिन्छ । तर, यसलाई इलेक्ट्रीक लुक्स दिन डिजाइनमा केही परिवर्तन गरिएको छ ।

यसको अगाडिको भागमा परम्परागत ग्रिलको सट्टा क्लोज ग्रिल र परिमार्जित बम्पर राखिएको छ। गाडीको अगाडिको देब्रे भागमा चार्जिङ फ्ल्याप दिइएको छ । कियाको सिग्नेचर ठाडो ‘आइस क्युब’ एलईडी हेडल्याम्प भने यथावत छ ।

यसको साइडमा मोटो बी पिलर र झ्यालको रेखा माथितर्फ मोडिएको आकर्षक सी पिलर छ। यसमा १७ इन्चको नयाँ डुअल टोन एलोय ह्वील र फ्लस डोर ह्याण्डल राखिएको छ ।

पछाडिको टेलगेटमा स्पष्ट रूपमा ‘ईभी’ ब्याजिङ गरिएको छ। माथिल्लो भागमा जडान गरिएको एल आकारको ठाडो एलईडी टेल ल्याम्प र ट्रयांगुलर विन्डशिल्ड इलेमेन्टसहितको कालो बम्परले यसलाई मस्कुलर लुक्स दिएको दखिन्छ ।

यसके इन्टेरियर लेआउट पनि पेट्रोल संस्करण जस्तै प्रिमियम छ। यसमा थ्री–स्पोक डुअल टोन स्टेयरिङ ह्वील, इन्फोटेनमेन्ट र डिजिटल ड्राइभर डिस्प्लेका लागि आकर्षक डुअल स्क्रीन सेटअप, मिडिया र एसी कन्ट्रेलका लागि फिजिकल बटन दिइएको छ ।

साथै, सुरक्षाका लागि इन बिल्ट ड्यास क्याम, यूएसबी पोर्ट, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामेरा र रियर सिट बेस भेन्टिलेसन उपलब्ध छन् ।

पेट्रोल संस्करणको नयाँ अपडेटमा एडास हटाइए पनि ईभीमा भने लेभल २ एडास फिचर दिन सक्ने सम्भावना बलियो छ ।

सिरोस ईभीमा दुई ब्याट्र अप्सन पाउन सकिन्छ । यसमा किया कारेन्स क्लाभिस ईभीमा जस्तै ४२ किलोवाट आवरको र ५१।४ किलोवाट आवरको ब्याट्री दिइएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ४२० किमी र ५२० किमी एआरएआई रेन्ज दिने दाबी गरिएको छ ।

भारतीय बजारमा बिक्री सुरू भएसँगै सिरोस ईभी नेपाल आउने उच्च सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *