भारतमा भोलि निसानको मिड साइज एसयूभी ‘टेक्टन’ सार्वजनिक हुँदैछ । निसान टेक्टनलाई आधुनिक र प्रिमियम लुकका साथमा लन्च गरिने जनाइएको छ । यसको एक्सटेरियर डिजाइनमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट, एलईडी हेडलाइट र टेललाइट, १८ इन्चका अलोय ह्विल, रूफ रेल, शार्क फिन एन्टेना, रियर वाइपर तथा स्पोइलर जस्ता आकर्षक फिचर समावेश हुने सम्भावना छ।
नेपालमा निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो एसयूभी आगामी साउन २६ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको जनाएको छ । सम्भवतः सो एसयूभी नेपाली उपभोक्ताले पनि अवलोकन गर्न पाउने सम्भावना देखिएको छ ।
निसान टेक्टनलाई आधुनिक र प्रिमियम लुकका साथमा लन्च गरिने भएको छ । यसको एक्सटेरियर डिजाइनमा कनेक्टेड एलईडी डे टाइम रनिङ लाइट, एलईडी हेडलाइट र टेललाइट, १८ इन्चका अलोय ह्विल, रूफ रेल, शार्क फिन एन्टेना, रियर वाइपर तथा स्पोइलर जस्ता आकर्षक फिचर समावेश हुने सम्भावना रहेको अनुमान गरिएको छ।
यसको इन्टेरियरमा १०.१ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र वायलेस मोबाइल चार्जिङ सुविधा उपलब्ध हुनेछ । यात्रुलाई थप आरामदायी अनुभव दिन प्यानोरामिक सनरुफ र भेन्टिलेटेड सिट पनि समावेश गरिने सम्भावना रहेको छ । सेफ्टीका लागि यसमा ३६० डिग्री क्यामेरा र लेभल–२ एडास जस्ता आधुनिक सेफ्टी प्रविधि उपलब्ध हुने अपेक्षा गरिएको छ ।