पल्सर एन १२५ को उत्पादन २ वर्षमै बन्द

बजाजको पल्सर एन १२५ मोटरसाइकलको बिक्री २ वर्ष भित्रै बन्द भएको छ । बजाज अटोले आफ्नो एन सिरिजको इन्ट्री लेभल अन्तर्गतको स्पोर्टी मोटरसाइकल पल्सर एन १२५ मोडलको बिक्री र उत्पादन बन्द गरेको हो ।

कम्पनीले सन् २०२४ को अन्त्यतिर बजारमा ल्याएको एन १२५ २ वर्ष पूरा नहुँदै बन्द भएको हो । यो बजाजाको नयाँ चेसिसमा आधारित र सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट पावर(टु(वेट रेसियो भएको मोटरसाइकल हो । बजारमा छोटो समयमै चर्चित बन्न सफल भएको एन १२५ मोडलको कम्पनीले बिक्री बन्द गर्नुको कारण भने उल्लेख गरिएको छैन ।

कम्पनीले आधिकारिक रूपमा अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक नगरे पनि भारतीय मिडिया रिपोर्ट अनुसार बजाजका केही डिलर्सहरूले उक्त जानकारी दिएका छन् । डिलरहरूमा तीन चार महिना अघिदेखि नै एन १२५ मोटरसाइकलको नयाँ उत्पादन आउन छाडेको छ। जसअनुसार प्रष्ट हुन्छकि कम्पनीले यसको बिक्रीसँगै उत्पादन पनि रोकेको छ ।

भारतमा केही समय अगाडी बजाजले नयाँ एन १२५ मोटरसाइकलको परीक्षण गरिरहेको रिपोर्ट सार्वजनिक भएको थियो । जुन अहिले उपलब्ध एन १२५ भन्दा विल्कुलै फरक डिजाइनमा रहेको छ । नयाँ मोडलको परीक्षण गरिरहँदा कम्पनीले नयाँ मोडलको बिक्री सुरू गर्नका लागि पुरानो मोडल बन्द गर्न लागेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *