अहिले नेपाली बजारमा दुई पाङ्ग्रे सवारी ब्रान्डहरूले आफ्नो हिस्सा बढाउन आक्रामक रणनीति अपनाउन थालेका छन्।
विगतको तुलनामा अहिले ईभी स्कुटरको माग धान्न हम्मे हम्मे परेको उनको भनाइ छ।
अहिले ईभी ब्रान्ड मात्र नभएर इन्धन ब्रान्डले पनि आफ्नो व्यापार बढाउन अफरहरु सार्वजनिक गरिरहेका छन्।
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पले आफ्नो व्यापार बढाउनको लागि ‘मनसुन एक्सचेन्ज फेस्ट’ आयोजना गरेको छ।
१० दिनसम्म संचालन हुने यस अफरअन्तर्गत ग्राहकले कुनै पनि दुईपांग्रे सवारी साटेर नयाँ भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्दा न्यूनतम ४० हजार रुपैयाँसम्मको मूल्यांकन पाउने कम्पनीले जनाएको छ।
भेस्पा वा अप्रिलिया कुनैपनि ब्रान्डको पुरानो स्कुटर नयाँ मोडलसँग एक्सचेन्ज गर्दा अतिरिक्त १२ हजार ५०० रुपैयाँ र अन्य ब्रान्डको दुईपांग्रे सवारी ल्याएर एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्यांकन पाउने छन्।
एक्सचेन्जबाट पाउने छुटको अलावा हरेक स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट रेनकोट, हेल्मेट तथा फुटम्याटजस्ता सामग्री निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी अग्नी ग्रुपअन्तर्गतको दुई पाङ्ग्रे सवारी वितरक कम्पनी अग्नी मोटोइन्कले शून्य प्रतिशत ब्याजमा स्कुटर खरिद गर्न सकिने सुविधा ल्याएको छ।
कम्पनीका अनुसार ग्राहकले बीजी ब्राण्डका आरयूभी ३५० आइइएक्स, आरयूभी ३५० म्याक्स, सी १२ आइइएक्स र सी १२ म्याक्स ३.० मोडलका स्कुटर शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन्।
ग्राहकले यो सुविधामा स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ।
बाँकी रकम २ वर्षभित्र किस्ताबन्दीमा तिर्नुपर्ने छ। यसमा कुनै ब्याज र अन्य शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभीएस जुपिटर बीएस६’ स्कुटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा पाउने योजना सार्वजनिक गरेको छ।
“नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने विशेष अफर ल्याएको छ।”
कम्पनीका अनुसार उक्त स्कुटरले ६० किलोमिटर प्रतिलिटरसम्मको परीक्षण गरिएको माइलेज दिने भएकाले दैनिक प्रयोगका लागि किफायती विकल्प बन्ने विश्वास लिइएको छ।
यससँगै ग्राहकको सहज पहुँचका लागि मासिक किस्ता (इएमआई) सुविधा पनि उपलब्ध गराइएको छ।
जसअन्तर्गत केवल २,८९९ रुपैयाँ प्रतिमहिनाबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘हामीले सधैँ नेपाली ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो र किफायती मोबिलिटी समाधान ल्याउँदै आएका छौँ।
बढ्दो पेट्रोल खर्चका बीच जुपिटरले उत्कृष्ट माइलेज र सहज फाइनान्सिङमार्फत ग्राहकलाई राहत दिनेछ।’
नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने विशेष अफर ल्याएको छ।
कम्पनीका अनुसार ग्राहकले सुजुकी ब्राण्डको जिक्सर १५५ मोटरसाइकल तथा स्कुटरअन्तर्गत एक्सेस, एभीनिस र बर्गम्यान मोडल शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन्।
ग्राहकले यो सुविधामा जिक्सर र अन्य तीनमध्ये कुनै स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ।
बाँकी रकम १ वर्षभित्र किस्ताबन्दीमा तिर्नुपर्ने छ। यसमा कुनै ब्याज र अन्य फाइनान्स शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ।