अल्ट्राभोइलेटको बिक्रेतामा वैद्य अर्गनाइजेसन

नेपालको प्रतिष्ठित अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड अल्ट्राभोइलेट (Ultraviolette) को नेपालका लागि आधिकारिक वितरक नियुक्त भएको छ।

एथरका इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको यस कम्पनीले आधिकारिक डिलरशिप पाएसँगै नेपाली बजारमा अल्ट्राभोइलेटका प्रिमियम मोटरसाइकलहरू आक्रामक रूपमा विस्तार गर्ने तयारी गरेको छ।

कम्पनीले इन्ट्रीग्रेटेड राडार प्रविधि भएको विश्वकै पहिलो बहुप्रतिक्षित ‘एक्स ४७ क्रसओभर’ (X47 Crossover) मोटरसाइकल नेपाल ल्याउने घोषणा गर्दै यसको प्रि-बुकिङ छिट्टै खुलाउने जनाएको छ।

यसका साथै, कम्पनीले ३२३ किमी रेन्ज र १५5 किमी प्रतिघण्टाको टप स्पिड दिने अल्ट्राभोइलेट ‘एफ ७७ ओरिजिनल’ (सुरुवाती मूल्य ८ लाख ११ हजार) र ‘एफ ७७ रिकन’ (मूल्य ९ लाख ६९ हजार रुपैयाँ) को बुकिङ समेत खुला गरिसकेको छ।

यी अत्याधुनिक मोटरसाइकलहरूमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक, ३० किलोवाटको मोटर, ३९ लेभल ट्रयाक्सन कन्ट्रोल र १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली जस्ता उच्च सुरक्षा तथा प्राविधिक सुविधाहरू समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *