ट्रायम्फ नेपालको राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सुरु

ब्रिटिश मोटरसाइकलको छुट्टै पहिचान र व्यक्तित्वलाई नेपाली राइडरहरूमाझ अझ सहज र पहुँचयोग्य बनाउन ट्रायम्फ नेपालले विशेष पहल थालेको छ।

गोल्छा ग्रुप (हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.) अन्तर्गत सञ्चालित ट्रायम्फ नेपालले एक हप्ता लामो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पको शुभारम्भ गर्ने घोषणा गरेको छ।

आइतबार, वैशाख २७ देखि जेठ १ गतेसम्म सञ्चालन हुने यस क्याम्पमार्फत, जुनसुकै ब्रान्डको मोटरसाइकल चलाइरहेका राइडरहरूले सहज प्रक्रियाबाट ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने अवसर पाउनेछन्।

राइडिङ समुदायसँग नजिकिन ट्रायम्फले विभिन्न शहरका निम्न स्थानहरू चयन गरेको छ:

  • इटहरी: ह्याङआउट क्याफे, दमक

  • बुटवल: एल्डोराडो एभेन्यु, कालिकानगर

  • पोखरा: लाकुसा क्याफे, बागलुङ

  • भक्तपुर: गठ्ठाघर कम्प्लेक्स, गठ्ठाघर

एक्सचेन्ज क्याम्पका मुख्य आकर्षण र सुविधाहरू:

  • उत्कृष्ट मूल्याङ्कन: पुरानो मोटरसाइकलको उचित बजार मूल्यांकनसँगै ट्रायम्फले थप रु. १५,००० सम्म अतिरिक्त मूल्य प्रदान गर्नेछ।

  • सहज फाइनान्स: हुलास अटो फाइनान्स (HFL) मार्फत न्यूनतम ४०% डाउन पेमेन्टमा नयाँ बाइक खरिद गर्न सकिने।

  • तुरुन्त सेवा: झन्झटिलो कागजी प्रक्रिया बिना सोही दिन नयाँ ट्रायम्फ लिन सकिने।

  • निःशुल्क एसेसरिज: प्रत्येक खरिदमा प्रिमियम हेल्मेट, ट्याङ्क प्याड र डकुमेन्ट ब्याग उपलब्ध हुनेछ।

  • टेस्ट राइड: ट्रायम्फका चर्चित ४००cc सिरिज (Speed 400, Scrambler 400X र Scrambler 400XC) को टेस्ट राइड गर्ने सुविधा।

“हामीले यो कार्यक्रमलाई केवल बाइक एक्सचेन्जमा सीमित नराखी, राइडर समुदायसँग जोडिने अवसरको रूपमा लिएका छौं,” ट्रायम्फ नेपालका म्यानेजर श्री सागर थापाले भन्नुभयो।

“आजै एक्सचेन्ज गर्ने योजना नभए पनि, केवल टेस्ट राइड अनुभव लिन चाहनुहुने सम्पूर्ण राइडरहरूलाई हामी स्वागत गर्दछौं।”

ट्रायम्फ मोटरसाइकल्स नेपालबारे: हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. द्वारा सञ्चालित ट्रायम्फ नेपाल, नेपालका लागि प्रिमियम ब्रिटिश मोटरसाइकलहरूको आधिकारिक वितरक हो।

उत्कृष्ट शिल्पकला र “Modern Classic” भावना बोकेको ट्रायम्फले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै लगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *