बीवाइडीको विश्वव्यापी बजार विस्तार

चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाइडीले अमेरिकी बजारविना नै कम्पनी सफल हुन सक्ने दाबी गरेको छ।

कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लिले हाल ब्राजिल, बेलायत र युरोपमा विद्युतीय सवारीको माग तीव्र रहेको र अमेरिकी पहुँच सीमित भए पनि फरक नपर्ने बताइन्।

इन्धनको मूल्य वृद्धि र वातावरणीय चेतनाका कारण विश्वभर ईभीको माग बढेको र चिनियाँ कम्पनीहरूले यसको फाइदा उठाइरहेका छन्।

बीवाइडीले ‘फ्ल्यास चार्जिङ’ जस्ता नयाँ प्रविधि र उच्च स्तरका ब्याट्रीहरूमा लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ।

बेइजिङ अटो शोमा सहभागी हुँदै कम्पनीले आफूलाई केवल गाडी निर्माता मात्र नभई पूर्ण ‘इकोसिस्टम’ विकासकर्ताको रूपमा प्रस्तुत गरेको छ।

युरोपमा मात्र सन् २०२६ को पहिलो तीन महिनामा बीवाइडीको बिक्री १५६ प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ।

बजारमा तीव्र प्रतिस्पर्धाका बीच प्रविधि र गुणस्तरमा सुधार गर्दै बीवाइडीले टेस्ला जस्ता ठूला कम्पनीहरूलाई कडा टक्कर दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *