ज्यागुअर आयातबारे कारकबको प्रष्टोक्ति

ज्यागुअर ल्याण्डरोभर गाडीको आयातमा सबै कानुनी प्रक्रिया पूरा गरिएको दाबी आयातकर्ता कम्पनी कारकब गियर्सले गरेको छ।

कम्पनीकी सञ्चालक करिना बादे श्रेष्ठका अनुसार यी गाडीहरू यूकेको अष्ट्रियास्थित कारखानाबाट सिधै आयात गरिएका हुन्।

विदेशी नम्बर प्लेटका विषयमा प्रष्ट पार्दै उनले यूकेबाट निर्यात भएकाले ‘एक्सपोर्ट प्लेट’ रहेको र यी ब्रान्ड न्यु गाडी भएको जानकारी दिएकी छन्।

चिनियाँ ईभीको बढ्दो प्रभावका कारण युरोपियन कम्पनीले उत्पादन बन्द गरेका मोडलहरू भएकाले यी व्यापारिक हिसाबले सस्तो परेको उनले बताइन्।

कम्पनीले नेपालमा भित्रिएका यी गाडीहरूका लागि १ करोडभन्दा बढी राजस्व तिरेको र यसमा कुनै छलकपट नभएको दाबी गरेको छ।

विदेशी नम्बर प्लेटसहित भित्रिएका ६ वटा ज्यागुअर गाडीका विषयमा भन्सार विभागले छानबिन सुरु गरेपछि कम्पनीले यस्तो स्पष्टीकरण दिएको हो।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयले हाल यी गाडीहरूको जाँचपास प्रक्रिया रोकेर अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *