Skip to content
विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चारवटा वडा जोड्ने पराशर मार्गको निर्माण कार्य ४३ प्रतिशत सम्पन्न भएको छ।
यो आयोजना अन्तर्गत बुल्दीखोलादेखि कलेस्तीसम्मको १०.५५ किलोमिटर सडक खण्डलाई कालोपत्रे गर्ने काम भइरहेको छ।
सडक निर्माणका लागि ४० करोड ८३ लाख रुपैयाँमा ‘बिकेएचटिडिसीएल एसिपीएल जेभी’ सँग ठेक्का सम्झौता गरिएको थियो।

सुरुको सम्झौता अनुसार काम नसकिएपछि आयोजना सम्पन्न गर्ने समय सीमा २०८३ असारसम्मका लागि थप गरिएको छ।
व्यास नगरपालिकाका वडा नम्बर ७, ९, १० र ११ का बासिन्दालाई सहज यातायात सेवा पुर्याउने यस सडकको मुख्य लक्ष्य हो।
हाल सडकमा नाला निर्माण र अन्य पूर्वाधारका संरचनाहरू बनाउने काम धमाधम भइरहेको नगरपालिकाले जनाएको छ।
यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीय क्षेत्रको कृषि र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।
Post Views: 13