Skip to content
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा विद्युतीय गाडी (EV) को आयातमा १० प्रतिशतले गिरावट आएको छ।
गत वर्ष चैतसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार भित्रिएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ।
यो अवधिमा सरकारले १६ अर्ब ६६ करोड बराबरको विद्युतीय कार आयातबाट १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आयात भएका गाडीमध्ये ५१ देखि १०० किलोवाट क्षमताका ४ हजार ८३ युनिट ईभी कारहरू सबैभन्दा धेरै रहेका छन्।
विद्युतीय गाडीको आयात घटिरहँदा पेट्रोलबाट चल्ने कारको आयातमा भने ५०.९९ प्रतिशतले ठूलो वृद्धि देखिएको छ।
यस वर्ष ४ हजार १४० युनिट पेट्रोल कार भित्रिएका छन्, जुन गत वर्षको तुलनामा करिब १ हजार ४०० युनिटले बढी हो।
इन्धन संकटका बीच विद्युतीय गाडी छाडेर इन्धन गाडीको माग बढ्नुले देशको अर्थतन्त्रमा नयाँ चुनौती थपिएको छ।
Post Views: 11