गुल्मी उडान थप, भाडा महँगियो

गुल्मीको रेसुंगा विमानस्थलमा अब साताको चार पटक हवाई उडान हुने भएको छ।

नेपाल वायुसेवा निगमले काठमाडौंबाट आइतबार, मंगलबार, बिहीबार र शनिबारका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको हो।

उडान संख्या थपिएसँगै निगमले हवाई भाडामा समेत ३ हजार ४ सय रुपैयाँले वृद्धि गरेको छ।

इन्धनको मूल्य बढेका कारण भाडा समायोजन गर्नुपरेको विमानस्थल स्टेशनले जनाएको छ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट रेसुंगा जान १० हजार ९०२ र फर्कन १० हजार ७०२ रुपैयाँ लाग्नेछ।

यसअघि काठमाडौंबाट रेसुंगाको भाडा ७ हजार ५०० र फर्कन ७ हजार ३०० रुपैयाँ मात्र थियो।

दिउँसो हावाको चाप बढी हुने भएकाले प्राविधिक कारणले सबै उडान बिहानको समयमा मात्र गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *