Skip to content
याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले नयाँ वर्षको उपलक्ष्यमा विशेष छुट र सुविधासहितको अफर ल्याएको छ।
यो योजना अन्तर्गत ग्राहकहरूले वैशाख महिनाभर याडियाका स्कुटर खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पाउनेछन्।
किस्ता सुविधाका साथै प्रत्येक स्कुटरको खरिदमा ग्राहकहरूलाई आकर्षक उपहार ह्याम्पर समेत प्रदान गरिने कम्पनीले जनाएको छ।
यस अफरले एकमुष्ट रकम तिर्न गाह्रो हुने ग्राहकहरूका लागि विद्युतीय स्कुटर किन्न थप सहज र सस्तो बनाउनेछ।

सुरुवाती लागत कम गरेर धेरैभन्दा धेरै मानिसलाई वातावरणमैत्री सवारीतर्फ आकर्षित गर्ने लक्ष्य कुजु नेपालले राखेको छ।
विश्व बजारमा लगातार नौ वर्षदेखि नम्बर १ स्थानमा रहेको याडियाले नेपालमा पनि आफ्नो बलियो उपस्थिति बनाउँदै गएको छ।
उन्नत ब्याट्री प्रविधि र भरपर्दो सेवाका कारण नेपाली ग्राहकहरूमाझ यो ब्रान्ड निकै लोकप्रिय बन्दै गएको छ।
Post Views: 18