Skip to content
लिपमोटरले विद्युतीय गाडी खरिदकर्ताका लागि लामो ब्याट्री वारेन्टी र सस्तो फाइनान्स सुविधासहितको ‘लिप केयर’ योजना ल्याएको छ।
यस योजना अन्तर्गत कम्पनीले उद्योगमै पहिलोपटक ११ वर्षको लामो ब्याट्री वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ।
यसले गर्दा ग्राहकहरूलाई ब्याट्रीको आयु र भविष्यमा हुन सक्ने खर्चका बारेमा ढुक्क हुन सहयोग पुग्ने कम्पनीको विश्वास छ।
फाइनान्सिङलाई सहज बनाउन कम्पनीले मात्र १५ प्रतिशत डाउन पेमेन्ट र ५.९६ प्रतिशतको न्यून ब्याजदरको सुविधा पनि अफर गरेको छ।

यो आकर्षक ब्याजदरले गर्दा ग्राहकहरूको मासिक किस्ता (EMI) भार कम भई विद्युतीय गाडीमा पहुँच बढ्ने देखिएको छ।
यी विशेष सुविधाहरू अब नेपालभर रहेका लिपमोटरका सबै आधिकारिक शोरूमहरूबाट प्राप्त गर्न सकिनेछ।
लिपमोटर चीनको चर्चित स्टार्टअप ब्रान्ड हो, जसले मार्च २०२६ मा मात्रै विश्वभर ५० हजारभन्दा बढी गाडीहरू बिक्री गरेको छ।
Post Views: 12