Skip to content
पश्चिम एसियामा बढेको तनावका कारण इन्धन र बिटुमिनको आपूर्तिमा समस्या उत्पन्न भएपछि नेपालका विकास आयोजनाहरू ठप्प भएका छन्।
विकास निर्माणले गति लिने मुख्य समयमा इन्धन अभाव र मूल्यवृद्धिका कारण सडक विस्तारलगायतका साना-ठूला पूर्वाधारको काम रोकिएको हो।
विशेषगरी नागढुंगा-मुग्लिन सडक विस्तार जस्ता महत्वपूर्ण आयोजनामा बिटुमिन नहुँदा कालोपत्र गर्ने कार्य पूर्ण रूपमा बन्द भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपालमा बिटुमिनको मूल्य प्रतिकिलो १५० रुपैयाँभन्दा माथि पुगेको व्यवसायीहरूले बताएका छन्।

निर्माण सामग्री र ढुवानी लागतमा भएको अत्यधिक वृद्धिका कारण कतिपय व्यवसायीले काम अघि बढाउन नसकी आयोजनाहरू ‘होल्ड’ गरेका छन्।
डिजेलको अभाव र स्टिल डन्डीको मूल्य वृद्धिले गर्दा निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल मूल्य समायोजनको माग गरेका छन्।
यस संकटले गर्दा सरकारको चालु आर्थिक वर्षको विकास खर्च र पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्न ठूलो चुनौती देखिएको छ।
Post Views: 15