Skip to content
बिराट हेल्थकेयर इन्डस्ट्रिज र यति एयरलाइन्सबीच शिशु तथा आमाहरूको यात्रा सहज बनाउन महत्त्वपूर्ण सम्झौता भएको छ।
यस साझेदारी अन्तर्गत ‘बेबीको’ प्रिमियम डायपर प्रयोग गर्ने उपभोक्ताका दुई वर्षमुनिका शिशुले यति एयरलाइन्समा निःशुल्क उडान गर्न पाउनेछन्।
उडानका क्रममा शिशुका लागि दुईवटा डायपर र आमाका लागि दुईवटा ‘ह्वाइट मून’ स्यानिटरी प्याड समेत निःशुल्क वितरण गरिनेछ।

सम्झौतापत्रमा बिराट हेल्थकेयरकी सीईओ डा. निकिता कार्की र यति एयरलाइन्सका युवराज बिष्टले हस्ताक्षर गर्नुभएको छ।
यो अभियानले साना बालबालिका लिएर यात्रा गर्ने आमाबाबुको चिन्तालाई कम गर्दै यात्रालाई थप आरामदायी बनाउने लक्ष्य राखेको छ।
नेपालमै डायपर र स्यानिटरी प्याड उत्पादन गर्ने बिराट हेल्थकेयरले आमा र शिशुको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउँदै आएको छ।
यस्तो नवीनतम साझेदारीले दुवै कम्पनीको ब्रान्ड विश्वसनीयता बढ्ने र उपभोक्ताले नयाँ अनुभव प्राप्त गर्ने विश्वास गरिएको छ।
Post Views: 56