Skip to content
म्याग्दी – बजेट अभावका कारण म्याग्दीमा सञ्चालन भइरहेका महत्त्वपूर्ण बहुवर्षीय सडक आयोजनाहरू प्रभावित भएका छन्।
गण्डकी प्रदेश सरकारबाट छुट्याइएको बजेट सकिएपछि निर्माण व्यवसायीहरूले काम गरेको रकम पाउन सकेका छैनन्।
चालु आर्थिक वर्षमा ३२ वटा सडक योजनाका लागि ६२ करोड रुपैयाँ बजेट छुट्याइएको थियो।
केही सडक योजनाहरू लक्ष्यभन्दा अगाडि नै सम्पन्न भए पनि भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू समस्यामा परेका छन्।
कतिपय व्यवसायीले मजदुरको ज्याला र अन्य खर्च तिर्न ऋण लिनुपरेको गुनासो गरेका छन्।
बजेट सकिएपछि केही स्थानमा निर्माण कार्य नै रोकिएको छ।
सम्बन्धित कार्यालयका अनुसार बजेट भएको योजनामा काम नहुने र काम भएको योजनामा बजेट सकिने समस्या देखिएको छ।
यस कारण धेरै सडक आयोजनाको अवधि लम्बिने अवस्था देखिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग पहल गरिरहेको बताएका छन्।
Post Views: 56