पाल्पामा टिपर दुर्घटना

पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

माथागढी–७ रहबासमा टिपर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका तानसेन–१० पटुवाका ३३ वर्षीय राजन चिदी उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो।

यसअघि अर्घाखाँची, रुपन्देहीका तीन जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भइसकेको थियो।

घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो भने प्रहरीले दुर्घटनाबारे अनुसन्धान थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *