तनहुँको घुमाउने क्षेत्रमा १२ वर्षदेखि अलपत्र रहेको मोटरेबल पुल अब नयाँ सरकारले निर्माण गर्ने आशामा स्थानीयवासी आशावादी देखिएका छन्। पुल निर्माणले चितवन र पोखरा जोडिने बाटो छोटो बनाउने अपेक्षा गरिएको छ।
स्थानीयले पटक–पटक मन्त्री, सांसद र सम्बन्धित निकायलाई पुल बनाइदिन अनुरोध गरेका थिए, तर अहिलेसम्म काम अधूरै छ।
त्यही कारण निर्वाचनअघि ‘नो भोट’ चेतावनीसमेत दिएका थिए।
निर्माणका लागि सम्झौता भएको करिब १२ वर्ष बितिसक्दा पनि पक्का पुल निर्माण पूरा हुन सकेको छैन र हालसम्म पिलर मात्र ठडिएको छ।
अब बन्ने सरकारले पुल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेपछि स्थानीयले बनिदिने अपेक्षा गरेका छन्।
Post Views: 57