Skip to content
प्रतिनिधि सभा निर्वाचनपछि निजी क्षेत्रले अब देशमा राजनीतिक र नीतिगत स्थिरता आउने अपेक्षा गरेको छ।
अटोमोबाइल व्यवसायीहरूले नयाँ सरकारबाट स्पष्ट र दीर्घकालीन नीति ल्याइने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले अटो क्षेत्रलाई व्यवस्थित बनाउन कम्तीमा पाँच वर्षको स्पष्ट रोडम्याप आवश्यक रहेको बताएका छन्।
बारम्बार कर दर परिवर्तन, सवारी कर्जामा हुने फेरबदल र छोटो समयमै नीति बदलिने कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार स्थिर नीति भए लगानीकर्ताको विश्वास बढ्नेछ र व्यवसाय गर्न सहज वातावरण बन्नेछ।
दीर्घकालीन योजना भए अर्थतन्त्रलाई पनि सकारात्मक असर पर्ने उनीहरूको धारणा छ।
साथै कम मूल्यका साना गाडीमा कर घटाउनुपर्ने र इलेक्ट्रिक गाडीलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने माग पनि गरिएको छ।
पुराना सवारी हटाउने स्क्र्यापेज नीति र सवारी सम्बन्धी प्रक्रिया सरल बनाउनेतर्फ पनि सरकारको ध्यान जानुपर्ने व्यवसायीहरूले बताएका छन्।
Post Views: 49