विश्व बजारमा तेल महँगियो

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रत्यारेल १०० अमेरिकी डलर पुगेको छ, जुन करिब ९ प्रतिशतले वृद्धि हो।

विश्वका प्रमुख तेल मूल्य निर्धारण बेन्चमार्कमध्ये एक मानिने ब्रेन्ट तेलको मूल्य उच्च रहनुमा अमेरिका, बेलायत लगायतका देशहरूले आपतकालीन भण्डारबाट ठूलो मात्रामा तेल निकासी गर्ने घोषणा गरेको भए पनि असर नपरेको हो।

इरानले हर्मुज जलडमरूमध्य हुँदै पारवहन गर्ने जहाजहरूमाथि धम्की जारी राखेपछि मूल्यमा दबाब थपिएको विश्लेषकहरूले बताएका छन्।

विश्वको करिब २० प्रतिशत कच्चा तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले आपूर्ति अस्थिर हुने चिन्ता बजारमा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *