Skip to content
यामाहा नेपालले फेब्रुअरी १४ मा ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा उत्साही यामाहा राइडरहरूले रमाइलो र सम्झनलायक यात्रा अनुभव गरे।
राइड यामाहा नक्साल शोरुमबाट सुरु भई जर्सिङपौवा तर्फ अगाडि बढेको थियो। कार्यक्रममा ३५ जना राइडरहरू एमटी–१५ र आर १५ मोडेलमा सहभागी थिए।
कार्यक्रममा १५० सिसी वर्गकी रेस नारी २०२५ विजेता वर्षा बस्नेत र नेपाल रोड रेसिङ च्याम्पियनसिपका दुई पटक विजेता हरि पौडेलले पनि सहभागिता जनाए।
उनीहरूले राइडिङ यात्रा, चुनौतीहरू र प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनका बारेमा अनुभव बाँडे।
जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीच सम्बन्ध बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहित गरेको छ।
यामाहा नेपालले यस्ता कार्यक्रममार्फत राइडरहरूलाई सिक्ने, सँगै अघि बढ्ने र समुदायमा जोड्ने अवसर प्रदान गर्दै आएको छ।
Post Views: 79