यामाहाले प्रेम बाँड्यो

यामाहा नेपालले भ्यालेन्टाइन सप्ताह विशेष अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुशी फैलाएको छ।

यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित दृष्टिकोण र देशव्यापी उपस्थितिलाई अझ बलियो बनाएको छ।

अभियानले नेपालका सातै प्रदेशलाई समेट्दै यामाहाको पहुँच व्यापक बनाएको थियो।

नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई customized चकलेट प्रदान गरियो।

साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिम कार्यक्रम र फोटोबुथ प्रतियोगिता आयोजना गरी ग्राहकलाई विशेष अनुभव गराइयो।

प्रत्येक प्रदेशबाट एक–एक जना विजेतालाई भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरियो।

कुमारिपाटीका श्री देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंको प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जिते।

प्रमुख सहरहरूमा हाइ-इनर्जी मल एक्टिभेसन कार्यक्रम आयोजना गरियो, जसमा पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ र इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता गतिविधिहरू समावेश थिए।

यस अभियानले प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा जोड्दै यामाहाको ब्रान्ड सम्बन्धलाई अझ सुदृढ बनाएको छ।

यस वर्षको भ्यालेन्टाइन सप्ताह ग्राहकहरूको लागि सम्झनायोग्य बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *