‘नेपाल बिल्डकन प्रदर्शनी’ सम्पन्न

काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ (११औं संस्करण) आइतबार सम्पन्न भएको छ।

यो प्रदर्शनी निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी र विदेशी प्रविधि, सामग्री र सेवा एकै ठाउँमा प्रस्तुत गर्ने उद्देश्यका साथ माघ २२ गतेदेखि चलाइएको थियो।

आयोजक कम्पनीले ६५ हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेको बताएका छन्।

प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड२०० भन्दा बढी स्टलहरू राखेर निर्माण उद्योगसँग सम्बन्धित नवीनतम सामग्री तथा सेवाहरू प्रदर्शन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *