CG होल्डिङ्सको अटोमोबाइल विभाग र नेपालमा सुजुकीको आधिकारिक वितरक CG मोटोकर्पले माघ २५–२७, २०८२ मा देशव्यापी “शीतकालीन निःशुल्क सेवा क्याम्प” आयोजना गर्दैछ।
शीतकालीन मौसमले गाडीमा अप्रत्यक्ष असर पुर्याउन सक्छ। त्यसैले CG मोटोकर्पले ग्राहकहरुलाई आफ्नो गाडीको नियमित निरीक्षण गराउन सल्लाह दिएको छ।
यस क्याम्पको उद्देश्य चिसो मौसममा गाडीमा पर्ने असर र यसलाई कसरी न्यून गर्ने भन्ने बारे जानकारी दिनु हो।
क्याम्पमा सहभागी हुने सुजुकी मालिकहरूले निःशुल्क गाडी जाँच, मर्मतमा विशेष छुट, र विशेषज्ञ सल्लाह पाउनेछन्।
साथै, भाग लिने आठ जोडीले नागार्कोटको भाङ्गरी दरबार रिसोर्टमा विशेष स्टेकेसन पाउने मौका पनि पाउनेछन्।
शीतकालीन सेवा क्याम्पमा समावेश हुने सेवाहरू:
एसी/हीटर जाँच
ब्याट्री जाँच
सुजुकी डायग्नोस्टिक टुल जाँच
सम्पूर्ण गाडी जाँच
लेबर चार्जमा २०% सम्म छुट
स्पेयर पार्ट्स र इञ्जिन तेलमा १०% सम्म छुट
देशभरिका ५४ सुजुकी सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछ। सुजुकीले देशमा सबैभन्दा ठूलो र पहुँचयोग्य सेवा नेटवर्क प्रदान गर्दै आएको छ।