यामाहा नेपालले ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’ मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवासँगको सम्बन्धलाई बलियो बनाएको छ। ८ हजारभन्दा बढी युवा, फ्यान, गेमर र कस्प्ले कलाकार उपस्थित थिए।
यस अवसरमा यामाहाले MT-15 सिरिज मोटरसाइकल प्रदर्शन, स्टन्ट शो र कस्टमाइज्ड मोटरसाइकल प्रदर्शनीमार्फत स्ट्रीट-कल्चर र राइडिङ समुदायलाई जोड्ने काम गरेको छ।
यामाहा नेपालले NRRC २०२५ का विजेताहरूलाई मर्चेन्डाइज हस्तान्तरण गरेर मोटरस्पोर्ट्समा आफ्नो प्रतिबद्धता देखाएको छ।
सहभागीहरूलाई गेमिङ, ग्राफिटी आर्ट, हेल्मेट आर्ट र टेस्ट राइड जस्ता अनुभवजन्य जोनहरू पनि प्रदान गरिएको थियो।
फेस्टिभलमा यामाहाको MT राइड-आउट र अन्य गतिविधिले युवाको सहभागिता र उत्साह उच्च बनाएको छ।
यसले यामाहालाई आधुनिक युवा समुदायसँग नजिक बनाउँदै, ब्रान्डको पहिचान अझ सुदृढ गरेको छ।