हुन्डाई ५७ वर्ष पुरा

हुन्डाई मोटर कम्पनीले ५७ वर्षको सफल यात्रा पूरा गरेको छ।

कम्पनीले शुरुवाती दिनदेखि नै विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापना पाउँदै, ग्राहक केन्द्रित डिजाइन, गुणस्तर र नवीनतामार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको छ।

हुन्डाई स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी विकासमा प्रतिबद्ध रहेको छ र भविष्यमा अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

सन् १९६७ मा स्थापना भएको कम्पनी अहिले २०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ।

नेपालमा, हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले २००९ देखि बिक्री र सेवा प्रदान गर्दै आएको छ।

हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेर ग्राहक अनुभव सुदृढ बनाएको छ।

साथै, मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरी स्थानीय उत्पादन, रोजगारी सिर्जना र नेपालको अटोमोबाइल इकोसिस्टममा योगदान पुर्याएको छ।

कम्पनीले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधान मार्फत ग्राहक अनुभवलाई अझ समृद्ध बनाउने योजना अघि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *