वाडाको २०औं सभा

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को २०औं साधारणसभा पोखरामा सम्पन्न भएको छ।

सभामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गर्दै व्यवसायलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइयो।

साधारणसभाको अध्यक्षता वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी सहभागी थिए।

कार्यक्रममा बोल्दै चौधरीले देशभर नाडाका च्याप्टरहरूलाई थप बलियो र प्रभावकारी बनाउने अभियानमा नाडा केन्द्रित हुने बताए।

उनले अटोमोबाइल क्षेत्रका समस्या सामूहिक रूपमा समाधान गर्न नाडालाई महासंघस्तरमा लैजाने र सबै च्याप्टरलाई सशक्त बनाउने निर्णय गरिएको जानकारी दिए।

कार्यक्रममा नाडाका पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

सहभागी वक्ताहरूले अटोमोबाइल व्यवसायमा देखिएका चुनौती र सम्भावनाबारे आफ्ना धारणा राखेका थिए।

वाडाका अध्यक्ष कोइरालाले सभामा सहभागी सबैलाई धन्यवाद दिँदै अटोमोबाइल व्यवसायको प्रवर्द्धनका लागि एसोसिएसन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सञ्चालन सचिव विनय थापाले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष निरन केसीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *