सडक सुरक्षा कार्यक्रमको सम्झौता

भारतको सेफ ड्राइभ इन्डियाले र नेपालकी डाडा ड्राइभिङ एण्ड सेफ्टी स्कूलले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेका छन्।

सम्झौतामा सेफ ड्राइभ इन्डियाका संस्थापक धीरेंद्र सामिनेनि र डाडा ड्राइभिङकी निर्देशक मिना दाहाल न्यौपानेले हस्ताक्षर गरेका छन्।

सामिनेनिका अनुसार, विश्वमा हरेक दिन ३५ सय मानिस सडक दुर्घटनामा मर्छन् र नेपालमा २०७८/७९ आर्थिक वर्षमा २२६७ जनाको ज्यान गएको छ। उनले भने, “यातायात नियमबारे ज्ञान नहुँदा र पालन नगर्दा दुर्घटना बढ्छ।”

न्यौपानेले भने, “सरकार एक्लै सबै काम गर्न सक्दैन, त्यसैले विभिन्न संस्थासँग सहकार्य गरेर सडक सुरक्षा अभियान सञ्चालन गर्दैछौं।

यदि एकजना पनि जीवन बचाउन सकियो भने हाम्रो कार्यक्रम सफल मानिनेछ।”

सम्झौतासँगै सेफ ड्राइभ इन्डियाले डाडा ड्राइभिङ टीमलाई डिफेन्सिभ ड्राइभिङ तालिम र प्रमाणपत्र पनि प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *