नवलपुरको मध्यविन्दु–८ गडार खोलास्थित पूर्वपश्चिम राजमार्गमा बसले स्कुटी ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। आज बिहान करिब ४:१५ बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको स्कुटीलाई विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको हो।
स्कुटी चालक, धादिङका २६ वर्षीय शिवजी अगस्तीलाई गम्भीर चोट लागेर मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भयो।
स्कुटीमै सवार उदयपुरकी २१ वर्षीया निरु शाहको दाहिने खुट्टा चोट लागेको छ, र उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ।