बिर्तामोडमा दिपल एस०५ सार्वजनिक

फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपल का गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्दि ले कोशी प्रदेशको केन्द्र विर्तामोडमा नयाँ इलेक्ट्रिक एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ।

कार्यक्रममा विर्तामोड र कन्काई नगरका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, एमएडब्लु वृद्दिका प्रबन्ध निर्देशक तथा आरए मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा गाडी अनावरण गरे।

नेपालमा सार्वजनिक भएको केही सातामै २ सयभन्दा बढी युनिट बिक्री भइसकेकाले दिपल एस०५ पूर्वी नेपालमा इभी बजारको नयाँ स्तर बन्ने अपेक्षा गरिएको छ।

यसमा विश्वकै चर्चित ब्याट्री निर्माता CATL को गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसको लाइफस्पान ५ हजार चार्ज साइकल (६ लाख किमी) छ।

गाडीमा ‘फ्रन्ट सिट वेलकमिङ’, ‘भेन्टिलेटेड र हिटेड सिट’, ‘जिरो ग्राभिटी’ मोडसहितको क्विन कोपाइलट सिट जस्ता लक्जरी सुविधा छन्।
यसमा सेग्मेन्टमै पहिलो रिमोट इन–आउट पार्किङ छ, जसले साँचो प्रयोग गरेर गाडी अगाडि–पछाडि सार्न दिन्छ।

त्यस्तै, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले ले आवश्यक सूचना सिधै विन्डसिल्डमा प्रोजेक्ट गर्छ। १४.४ इन्चको ठूलो टचस्क्रिन र इन्टरनेट कनेक्टिभिटी पनि उपलब्ध छ।

नयाँ सोरुम र टेस्ट ड्राइभ

विर्तामोडमा नयाँ स्टेट–अफ–आर्ट सोरुम सुरु गरिएको छ, जहाँ आरए मोटर्सले दिपलका इभीहरूको बिक्री तथा सेवा प्रदान गर्नेछ।

शनिबारदेखि ३ दिनको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि सुरु भएको छ।
यसमा पुरानो गाडीको उत्कृष्ट मूल्य, केही मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स, इन्स्योरेन्सफ्री ट्राभल चार्जर उपलब्ध छन्।

कार्यक्रममा दिपलका इभी मोडेलहरु—एस०७ ICA, एल०७, अवतार ११ र चर्चित एस०५—सबैको टेस्ट ड्राइभ लिन सकिन्छ।

दिपलका ह्युमनोइड रोबोटरोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छन्, जसले चांगानको एआई र अटोमेसन प्रविधिको अनुभव दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *