काठमाडौं — वातावरणमैत्री सवारी साधनप्रति बढ्दो रुचिसँगै ‘जिरो इमिसन राइड (एन)’ कम्पनीले ललितपुरको सातदोबाटोमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
२०८२ साल कात्तिक २६ गते, बुधबार, विशेष समारोहबीच स्थानीय समाजसेवी मथुरा घिमिरेले रिबन काटी शोरुमको उद्घाटन गर्नुभयो।
कम्पनीले पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान (Luyuan) र इकुटर (Equator) ब्रान्डका विद्युतीय स्कुटरहरूको बिक्री तथा वितरण गर्दै आएको छ।
“देशको ऊर्जा, देशमै खपत” भन्ने नारासहित कम्पनीले वैदेशिक मुद्राको बचत र स्वदेशी ऊर्जाको प्रयोग प्रवर्द्धन गर्न निरन्तर काम गर्दै आएको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले वातावरणमैत्री सवारी साधनको प्रयोगले स्वदेशी विद्युत प्रयोगमा वृद्धि र वैदेशिक मुद्राको बचतमा सहयोग पुग्ने भएकाले यस्ता सवारीसाधनको प्रवर्द्धन सबैको जिम्मेवारी रहेको बताउनुभयो।
कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले निकट भविष्यमा सारथी ब्रान्डमार्फत स्कुटरहरू नेपालमै एसेम्बल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार, इन्धन खर्च र मर्मत लागत कम हुने भएकाले विद्युतीय स्कुटर अबको यात्राको व्यावहारिक विकल्प बनेको छ।
कम्पनीले हाल काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा शाखा विस्तार गरेको छ र देशका प्रमुख शहरहरूमा पनि बिक्रीपछिका सेवा उपलब्ध गराउँदै आएको छ।
सातदोबाटो शाखाबाट ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड र खरिदका साथै पुराना बाइक वा स्कुटर साट्ने र फाइनान्स सुविधा पनि पाउने व्यवस्था गरिएको छ।