इटहरीमा नामीको नयाँ शोरूम

डोंगफेङ नामीका आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. ले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। कम्पनीका अनुसार यो नेपालभर सञ्जाल विस्तार गर्ने लक्ष्यतर्फको ठूलो उपलब्धि हो।

उद्घाटन समारोहमा एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरी, सञ्चारकर्मी, व्यवसायी र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।

नयाँ शोरूमले डोंगफेङ र सेरेसका नयाँ इलेक्ट्रिक गाडीहरू नजिकबाट हेर्ने र अनुभव गर्ने अवसर प्रदान गर्छ।

ग्राहकमैत्री रूपमा तयार गरिएको शोरूममा प्रशिक्षित टोलीले परामर्श, जानकारी र टेस्ट ड्राइभ सेवा दिनेछ।

शोरूम उद्घाटनसँगै कम्पनीले कात्तिक २४ गतेदेखि तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ।

यस अवधिमा ग्राहकले नामी ०१, नामी भिगो र सेरेस ३ विशेष अफरमा खरिद वा साट्न सक्नेछन्। साथै, ६ लाख रुपैयाँसम्मको फाइदा, एक्सचेन्ज बोनस र प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *