Skip to content
बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रा. लि. मार्फत दराजको ११:११ अभियानमा सहभागी हुँदैछ।
यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र DIY प्रेमीहरूले उच्च गुणस्तरीय पावर टुल्समा १५% सम्म छुट पाउनेछन्।
अभियानमा उपलब्ध लोकप्रिय उत्पादनहरूमा GWS 600 एङ्गल ग्राइन्डर, GHG 16-50 हिट गन, GSB 450 इम्प्याक्ट ड्रिल, GBH 2-23 REA रोटरी ह्यामर, GSB 13 RE किट, GLM 40 लेजर रेंजफाइन्डर समावेश छन्।
साथै फास्टेस्ट फिङ्गर फर्स्ट अफर अन्तर्गत रु २२,९०० मूल्यको प्रेसर वाशर केवल रु ११ मा उपलब्ध हुनेछ।
नेपालभरि १००+ आधिकारिक उप–वितरक र एक वर्षको वारेन्टीसहितको भरपर्दो सेवा उपलब्ध गराउँदै इन्फ्राटेकले बोस्चको गुणस्तर र टिकाउपन सुनिश्चित गर्दै आएको छ।
यो अफर नोभेम्बर ११ देखि मात्र दराजमा उपलब्ध हुनेछ।
Post Views: 192