चितवन अटोमोबाइल नयाँ नेतृत्व

चितवन अटोमोबाइल एसोसिएसनको १३औं अधिवेशन शनिबार सम्पन्न भयो र नयाँ कार्यसमिति निर्वाचित भएको छ।

दुई प्यानलबीचको प्रतिस्पर्धामा मोहन केसी प्यानलले बर्चश्व कायम राखेको छ।

अध्यक्षमा मोहन केसी १६६ मतसहित निर्वाचित भए भने राजेन्द्र भट्टराईले १२८ मत पाए।

प्रथम उपाध्यक्षमा बिवस पिया, द्वितीय उपाध्यक्षमा सुमन बर्तौला, सचिवमा पूर्णभद्र सापकोटा, कोषाध्यक्षमा किरण सापकोटा, सहसचिवमा कृष्णराज वाग्ले र सहकोषाध्यक्षमा हिमान्सु जोशी निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यमा माधव पौडेल, मधुसुदन पौडेल, कमला बर्मा, आकाश कँडेल, प्रबिन गौतम र बिबेक श्रेष्ठ रहेका छन्।

अध्यक्ष केसीले सदस्यहरूको भावना अनुसार संस्थाको नेतृत्व गर्ने र अटोमोबाइल क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *