बजाज चेतक नेपालले ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ। ग्राहकहरूले आफ्नो पुरानो दुईपांग्रे सवारीलाई बोल्ड इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न सक्नेछन्।
क्याम्प बाइकर्स क्याफे, नक्सालमा सुरु भई कात्तिक २८ गतेसम्म बिहान ११ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ।
कार्यक्रममा सहभागीहरूले उच्च मूल्याङ्कन, फ्री एक्सेसरीज, अन–द–स्पट फाइनान्सिङ, प्रत्येक टेस्ट राइडमा फ्री कफी प्राप्त गर्नेछन्। नयाँ चेतक खरिदमा कपल्स लन्च पनि प्रदान गरिनेछ।
बजाज चेतक ३५०१ शहर र दुर्गम दुवै क्षेत्रमा चल्ने उन्नत इलेक्ट्रिक स्कुटर हो।
यसले प्रति चार्ज १५३ किलोमिटरको दायरा, आईपी६४ रेटेड अल मेटल बडी, ५ इन्च TFT टचस्क्रिन, जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन, एन्टी–ठेफ्ट प्रोटेक्सन, ३५ लिटर स्टोरेज, र ३ घण्टामा ०–८०% फास्ट चार्जिङ जस्ता सुविधाहरू प्रदान गर्दछ।