वाडाले सवारी दर्ता फाइल सहयोग

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) ले यातायात व्यवस्था कार्यालय पोखरालाई सवारी दर्ता फाइलहरू सहयोग गरेको छ।

आईतबार एक कार्यक्रममा वाडाले १ लाख ३० हजार रुपैयाँ बराबरका ६५ वटा फाइल कार्यालयलाई हस्तान्तरण गरेको हो।

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले कार्यालय प्रमुख ढाका प्रसाद शर्मालाई फाइल हस्तान्तरण गर्दै, कार्यालयमा काम गर्न र सेवाग्राहीलाई सहजता मिलोस् भनी सहयोग गरिएको बताए।

गत भदौमा भएको जेनजी आन्दोलनको आगजनीले कार्यालय क्षतिग्रस्त भएको थियो।

अध्यक्ष कोइरालाले यी फाइलहरूले कार्यालयलाई नियमित काम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। वाडाले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *