बस ठक्करबाट पैदल यात्रुको मृत्यु

हेटौंडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

मृतकको पहिचान रुपन्देहीको देवदह–८ का ३७ वर्षीय रामबहादुर बोहराको रूपमा खुलेको प्रहरीले जनाएको छ।

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले राति करिब ११ बजे बोहरालाई ठक्कर दिएको थियो।
घाइते बोहरालाई प्रहरी टोलीले उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याए पनि उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो।

घटनापछि **बस चालक सुजय कुमार सिंह (३३, रामगोपालपुर–६, महोत्तरी)**लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बसका यात्रुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *