चितवन अटोमोवाईल्स एसोसियसनको २४ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशन सम्पन्न भएको छ ।
वार्षिक साधारण सभामा प्रमुख अतिथि नाडा अध्यक्ष करण चौधरी, नाडा पदाधिकारी, नाडा सदस्य तथा हेटौडा अटोमोबाइएसको अध्यक्ष, पदाधिकारी, कार्य समिति सदस्य उपस्थिति भै कार्यक्रम चितवन उद्योग वाणिज्य संघ, नारायणगढमा भव्य रुपमा सम्पन्न भयो ।
चितवन अटोमोबाइल एसोसिएसनको १३औं अधिवेशनमा मोहन केसी अध्यक्षमा निर्वाचित भएका छन्।
उनले प्रतिस्पर्धी राजेन्द्र भट्टराईलाई पराजित गरेका हुन्।