हुन्डाई नेपालले “Upgrade to the Perfect EV” अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई Creta EV किन्न सक्ने अवसर पाउँछन्।
यो अफर कात्तिक २१ गतेदेखि देशभरका हुन्डाई शो–रूममा सुरु भएको हो। Creta EV मा आकर्षक डिजाइन, उन्नत प्रविधि र शक्तिशाली प्रदर्शन उपलब्ध छ।
ग्राहकले यस अफरमा १ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस, ७५ हजार छुट, र २५ हजार लोयल्टी बोनस पाउनेछन्। साथै १ वर्षको बीमा र रोड ट्याक्स पनि निःशुल्क हुनेछ।
यो EV ले ३९० किमी रेञ्ज र २०० मिमी ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ। कम्पनीका अनुसार यो अफर विद्युतीय गाडीमा रूपान्तरण चाहनेका लागि उत्कृष्ट अवसर हो।