नयाँ खेलकुद मन्त्रीलाई नासाको सुझावपत्र

नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का प्रतिनिधिहरूले भेटी बधाईसहित साहसिक खेलकुद र मोटरस्पोर्ट्सको विकासका लागि सुझावपत्र बुझाएका छन्।

सचिव आशिष रौनियारअंकित भण्डारीको टोलीले मन्त्री गुप्तालाई भेट्दै नेपालमा मोटरस्पोर्ट्स र अन्य साहसिक खेलहरूलाई दीगो बनाउन नीति, संरचना सुधार र बजेट सुनिश्चितताबारे ठोस सुझावहरू दिएका हुन्।

मन्त्री गुप्ताले सुझावहरूलाई व्यावसायिक, व्यवहारिक र दूरदर्शी भन्दै प्रशंसा गरे र मन्त्रालयले यस्तो गम्भीर सुझाव पहिलोपटक पाएको बताए।

सुझावपत्रका मुख्य बुँदाहरू:

  • नेपाललाई एडभेन्चर स्पोर्ट्स हब बनाउने नीति र बजेट व्यवस्था।

  • काठमाडौंमा १०० रोपनीको रेसिङ ट्र्याक निर्माणका लागि जग्गा उपलब्ध गराउने।

  • मोटरस्पोर्ट्स फेस्टिवल र वाटर स्पोर्ट्स सेन्टर स्थापनाको योजना।

  • सातै प्रदेशमा ई–स्पोर्ट्स सेन्टर खोल्ने प्रस्ताव।

  • खेल सामाग्रीमा भन्सार छुट र बीमा सुविधा।

नासाले यो क्षेत्रले रोजगारी, पर्यटन र समृद्धिमा ठूलो योगदान दिने भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

संगठनले १६ वर्षदेखि नेपाललाई विश्वको एडभेन्चर र मोटरस्पोर्ट्स गन्तव्य बनाउन काम गरिरहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *