आयन र एक्स्पेङका आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको उद्घाटन गरेको छ। यो नयाँ केन्द्र पुरानो सीजी मोटर्स शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटर भित्र छ।
नयाँ एक्स्पेरिएन्स सेन्टरले आगन्तुकलाई आयन र एक्स्पेङका आकर्षक ईभीको लाइनअप नजिकबाट हेर्ने, बुझ्ने र अनुभव गर्ने अवसर प्रदान गर्ने बताइएको छ । हाल यहाँ आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन्।
आयन वाइ र आयन भी लक्जरी मोडेलहरू क्रमशः रु ५८ लाख ५० हजार र रु ६९ लाख ९९ हजार मूल्यमा उपलब्ध छन्, र आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूका कारण यी मोडेलहरूले उल्लेखनीय लोकप्रियता हासिल गरेका छन्।
आयन भी लक्जरीमा ७५.३ किलोवाट आवर को म्यागजिन ब्याट्री रहेको छ जसले ६५० किलोमिटरको रेन्ज प्रदान गर्दछ।
यसमा आफ्नो सेग्मेन्टमा पहिलो पटक उपलब्ध ८-प्वाइन्ट मसाज सिट र इन–बिल्ट फ्रिज तथा वार्मर जस्ता विलासी सुविधाहरू छन्।
आयन वाइमा १०० किलोवाट मोटर रहेको छ जसले अधिकतम २२५ एनएम टर्क प्रदान गर्छ। यसमा प्रयोग गरिएको लिथियम आयरन फस्फेट ब्याट्री को क्षमता ६१.४ किलोवाट आवर रहेको छ, जसले एकपटकको चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।
रु ८४ लाख ९९ हजार मूल्य रहेको एक्स्पेङ जी६ भने प्रिमियम सेग्मेन्टको एस् यु् भी रहेको छ। यसमा ४४० एनएम टर्क, अटो पायलट फिचरहरू, ५–स्टार युरो एन्क्या-प सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, क्भ्एब् २.० स्ट्रक्चर, र ९ डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन्।
ग्राहकहरूले मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न, टेस्ट ड्राइभ बुक गरेर अत्याधुनिक प्रविधिको अनुभव लिन, साथै सोही स्थानमा बुकिङ र तत्काल डेलिभरीको सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
त्यसमाथी आगन्तुकहरूले विशेष अफरहरू, आकर्षक उपहार्, र सीजी मोटर्सका ईभी विज्ञहरुबाट व्यक्तिगत परामर्श सेवा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
एक्स्पेरिएन्स सेन्टरको उद्घाटनले सीजी मोटर्सको ग्राहक सेवा प्रतिको अठोटलाई जनाएको छ।
विस्तार हुँदै गएका सुविधाहरू र समर्पित सेवा प्रणालीसहित, सीजी मोटर्सले सबै ग्राहकलाई भविष्यमुखी ईभीको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ ।