अटोमोबाइल क्षेत्रको समग्र विकासमा काम गर्ने

मोहन केसी, महासचिव – चितवन अटोमोबाइल्स एसोसिएसन

यही कात्तिक २२ गते शनिबार, चितवन अटोमोबाइल्स एसोसिएसनको १३औं अधिवेशन  हुँदैछ ।

अधिवेशनका लागि एसोसिएसनका बर्तमान महासचिव मोहन केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै अटोमोबाइल क्षेत्रको समग्र विकासमा काम गर्ने जनाएका छन् ।

आफूले समावेशी टिमको प्यानल बनाएको र आफ्नो म्यानललाई मतदान गरी विजयी गराउन उनले आह्वान गरेका छन् । उनले आफूले भाषण भन्दा पनि काम गर्ने र व्यवसायीहरुको विश्वास जित्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ उनको प्यानको प्रतिबद्धता:

१. चितवन अटोमोबाइल्स एशोसिएसनमा आबद्ध हुनुहुने सदस्य तथा एकाघरका सदस्यहरूले रक्त समूह पहिचान गरी आवश्यक परेको बेला सोको समन्वय गर्न ।

२. संस्थामा भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने व्यवसायीहरूका लागि भन्सार तथा आन्तरिक व्यवसायीहरूका लागि आवश्यक पर्ने कर सम्बन्धी तालिमहरू सञ्चालन गर्न ।

३. अटो व्यवसायीहरूको दिगो विकासको लागि प्रविधीमैत्री कार्यालयसँगै अन्तर सदस्यीय सामूहिक व्यापारको सम्भावना खोज्न ।

४. संस्थामा आबद्ध सदस्यहरूलाई अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्यको रुपमा आबद्ध गराउन ।

५. संस्थालाई वास्तविक अटो व्यवसायीको साझा छाता संगठन बनाउन ।

६. चितवन जिल्ला भरी छरिएर रहेका अटो व्यवसायीहरूलाई सदस्यको रूपमा संस्थामा आबद्ध गराई संस्था विस्तार गर्न ।

७. समान उद्देश्य वा प्रकृतिका अन्य संस्थासँग समन्वय र सहकार्य गरी चितवनको अटो व्यवसायलाई प्रवद्र्धन गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *